नियम १०
सिट सङ्ख्या निर्धारण
(१) आयोगले प्रत्येक शैक्षिक सत्रका लागि एकीकृत प्रवेश परीक्षा सञ्चालन हुनु अगावै चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालय, प्रतिष्ठान र अन्य शिक्षण संस्थाको तहगत र विषयगत सिट सङ्ख्या निर्धारण गर्नेछ।
(२) उपनियम (१) बमोजिम सिट सङ्ख्या निर्धारण गर्ने प्रयोजनको लागि समितिले विज्ञ समेत रहेको अध्ययन टोली गठन गर्नेछ।
(३) उपनियम (२) बमोजिम गठित अध्ययन टोलीले सम्बन्धित विश्वविद्यालय, प्रतिष्ठान र अन्य शिक्षण संस्थाको स्थलगत अध्ययन गरी अनुसूची-४ बमोजिमको रूजु सूची फाराम प्रयोग गरी विवरण सङ्कलन गर्नु पर्नेछ।
(४) यस नियम बमोजिम अध्ययन टोलीले विवरण सङ्कलन गर्दा प्रत्येक शिक्षण संस्थाले विदेशी विद्यार्थीको लागि छुट्याउने सिट सङ्ख्या सम्बन्धी विवरण समेत सङ्कलन गर्नु पर्नेछ।
(५) उपनियम (३) र (४) बमोजिमको विवरण समेतको आधारमा अध्ययन टोलीले विश्वविद्यालय, प्रतिष्ठान र अन्य शिक्षण संस्थाको सिट सङ्ख्या निर्धारणका लागि समितिमा प्रतिवेदन पेश गर्नेछ। (६) उपनियम (५) बमोजिम पेश भएको प्रतिवेदनको आधारमा समितिले सिट बाँडफाँड सम्बन्धी मापदण्ड तयार गरी आयोगमा सिफारिस गर्नेछ र आयोगले समितिबाट सिफारिस भएको मापदण्ड स्वीकृत गरी विश्वविद्यालय, प्रतिष्ठान र अन्य शिक्षण संस्थाको सिट सङ्ख्या निर्धारण गर्नेछ।